×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सोलार फार्मको आइपिओ आउँदै

सोलार फार्मको आइपिओ आउँदै

काठमाडौँ- सोलार फार्म लिमिटेडले प्रतिसेयर सय रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणमा निष्कासन गर्ने आइपिओका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष श्री आसबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड, जारी पुँजी ६५ करोड र चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ ।

नेपालको पहिलो सोलारबाट विद्युत् उत्पादन गर्ने संस्थाका रूपमा सन् २०१७ मा स्थापित सोलार फार्मले सन् २०२१ सेप्टेम्बर १४ देखि ५ मेगावाट क्षमताको सोलारबाट व्यावसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नं ५ बेलचौतारामा अवस्थित छ ।

प्रतिकृया दिनुहोस्