काठमाडौं- आज साउन १ गतेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बाढीपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय, काभ्रेले एक महिनाका लागि यो नियम लागू गरेको हो।
नयाँ नियमअनुसार, काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्मको खण्डमा हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पाइने छैन।
गत वर्षको बाढीले यो सडक खण्डमा ठूलो क्षति पुर्याएकाले मनसुन अवधिभर रात्रिकालीन यात्रा जोखिमपूर्ण मानिएको छ। प्रशासनले काठमाडौंबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङ र त्यसतर्फबाट आउनेलाई नेपालथोकमा रोक्ने व्यवस्था मिलाएको छ।