×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, गठबन्धनलाई हराउने हो : ओली

एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, गठबन्धनलाई हराउने हो : ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा-३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।

शुक्रबार झापा-३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् । ‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने ।

उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ठोकुवा गरे । एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे ।

‘काँग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरूले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’ लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए ।

प्रतिकृया दिनुहोस्