चितवन- भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा शुक्रबार एमालेमा प्रवेश गरेका छन् । कांग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङको नेतृत्वमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरूलाई पार्टी स्वागत गरेका छन् । नेपाली कांग्रेसको भूमिका प्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन् ।
नव प्रवेसीलाई स्वागत गर्दै ज्ञवालीले एमालेमा दिनहुँ पार्टी प्रवेश गर्ने क्रम बढ्दो रहेको र एमाले नै मुलुकको पहिलो पार्टी हुने बताएका थिए ।