×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं उपत्यकाका चोकचोकमा चेकिङ

काठमाडौं उपत्यकाका चोकचोकमा चेकिङ

काठमाडौं - प्रहरीले फागु अर्थात होली पर्वलाई मध्यनजर गरी देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ । होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा विहानैदेखि चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ ।  

अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिनेछ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्