काठमाडौं- शुक्रवार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनको मूल्य नै कायम हुँदै चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।