×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि

२४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

 २५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण  पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।


मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई.सी.यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेका छन् ।


मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्