×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संखुवासभा बस दुर्घटना : मृतक १४ जनाकै पहिचान खुल्यो, घाइतेलाई धरान ल्याइयो

संखुवासभा बस दुर्घटना : मृतक १४ जनाकै पहिचान खुल्यो, घाइतेलाई धरान ल्याइयो

विराटनगर- संखुवासभाको मादी नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सनाखत भएको छ। 

ज्यान गुमाउनेमा मादी नगरपालिका ६ की ५ बर्षीया बिद्या कटुवाल, ३० बर्षीया सीता बिक, ३२ बर्षीया अन्जना कटुवाल, मादी ५ का ४९ बर्षीय भवानीप्रसाद दाहाल, मादी २ का ४२ बर्षीय ईन्द्र अधिकारी, मादी ४ का ६० बर्षीय बलबहादुर कार्की, २८ बर्षिया सबिता कार्की आइतबहादुर तामाङ र ४८ बर्षीय दिपककुमार दाहाल र ताप्लेजुङका  ३१ बर्षीया समिक्षा योन्जन र उनका ८ बर्षिय छोरा सुदिप घिसिंङ रहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका एसपी नविनराज राईले जानकारी दिए ।

गाडी चालक तेह्रथमका ३१ बर्षिय बिपिन निरौला र सहचालक मादी नगरपालिका वडा नम्बर ५ का उमेश भट्टराईको पनि दुर्घटनामा ज्यान गएको छ।

दुर्घटनामा ५ जना घाईते भएका छन् । घाईतेमध्ये एकजनाको अबस्था गम्भीर रहेको एसपी राईले जानकारी दिए । घाईते हुनेमा मादी नगरपालिका ६ का डम्बर कार्की, तुलसा कटुवाल, मादी ४ का करिस्मा तामाङ, सुवास तामाङ र मादी ५ की युका पोखरेल छन् ।

उनीहरुलाई हेलिकोप्टरबाट बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याईएको छ । घाईते मध्ये युका पोखरेलको अबस्था गम्भीर रहेको पनि एसपी राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्