काठमाडाैँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठनको दुई वर्ष नपुग्दै कमजोर बन्दै गएको छ। पार्टी विभाजनका बेला साथ दिएका ७ सांसदमध्ये ५ जनाले पार्टी छाडिसकेका छन्। राईसँग अहिले उनी स्वयं र उनकी श्रीमती सुशीला श्रेष्ठ मात्र बाँकी छन् । पार्टी छाड्ने नेताहरू विभिन्न दलमा गएका छन्—कसैले एमाले, कसैले जनमत पार्टी रोजेका छन् भने कोही स्वतन्त्र तयारीमा छन्। केन्द्रीय पदाधिकारीहरू समेत अलग भएका छन् ।
राईले यसलाई निर्वाचनकालीन स्वाभाविक प्रक्रिया भनेका छन् र आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। राई नेतृत्वको जसपाले नाउपा र राष्ट्रिय मुक्ति पार्टीसँग मिलेर ‘जाँतो’ चिन्हमा चुनाव लड्ने निर्णय गरिसकेको छ।