×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुगुको गमगढीमा आगलागी: ६ घर नष्ट

मुगुको गमगढीमा आगलागी: ६ घर नष्ट

काठमाडौँ- मुगुको  सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार बिहान करिब १ बजे आगलागी भएको हो।  विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा पनि सल्किएको प्रहरीले जनाएको छ।  आगलागीबाट प्रदीप रावल, पुतली मल्ल र सान्तोना खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मानवीय क्षति भएको छैन। 

अधिकांश काठैकाठले बनेका उक्त घरहरूमा रहेका कम्प्युटर पसल, कपडा पसल, मोबाइल पसल, टेलर पसल र हेएर कटिङलगायत अन्य खुद्रा पसलका सम्पूर्ण सामान जलेका छन्। 

आगलागी नियन्त्रण गर्न जोडिएको अर्को एक स्थानीयको घर भत्काइएको छ। उक्त घर पुरै क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्