×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ललितपुर मेयर महिला कपमा सुदूरपश्चिमको विजयी सुरुवात

ललितपुर मेयर महिला कपमा सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं - सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।
त्रिभुवन  क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोगटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाईन । रेवती धामी १८ रनमा आउट हुँदा कविता जोशी १० रनमा अविजित रहिन् ।
ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १/१ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । अविजित रहेका कन्चनले ६३ रन बनाए ।

यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रन जोडिन । सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १/१ विकेट लिए । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लबले प्रदेश-१ लाई ८ विकेटले हराएको थियो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।


 

प्रतिकृया दिनुहोस्