×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

विपीकाे ‘आत्मवृतान्त’ जापनिज भाषामा पनि प्रकाशित हुने

विपीकाे ‘आत्मवृतान्त’ जापनिज भाषामा पनि प्रकाशित हुने

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो । राष्ट्रिय समाज, जापानले विपीको आत्मावृत्तान्त जापानीज भाषामा अनुवाद गरी विश्वसामु उहाँको विचारलाई अझ चिनाउने निर्णय गरेको थियो ।

सोहीअनुरुप विपी विचार राष्ट्रिय समाज, नेपालको संस्थापक केन्द्रीय सदस्य लोकेश ढकाललाई ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’का संयोजक तोकी, कृति प्रकाशन र कपि राइट स्वीकृतिलगायतका काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रतिकृया दिनुहोस्