×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कोशीलाई हराउँदै एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा

कोशीलाई हराउँदै एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं - ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको साबिक बिजेता विभागिय टोली नेपाल एपिएफ क्बल एक खेल अगाबै फाइनलमा पुगेको छ । 

टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।  कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । 

एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाईन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रन बनाईन् । 

कोशी प्रदेशका लागि अलिशा खडिया,कप्तान रुबिना क्षेत्री,निशा साहले समान १/१ विकेट लिईन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । 

कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रि २४ रन बनाईन् ।  अप्सरी बेगमले २२ रन बनाईन् ।  एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिईन् ।

जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । एपीएफले एक खेल अगाबै फाइनलमा स्थान बनाएको छ ।

कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछार रहेको छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता रहेको छ । 

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् । 

लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ।  चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ । 

प्रतिकृया दिनुहोस्