×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बेंगलूरुमाथि कोलकाताको शानदार जित

बेंगलूरुमाथि कोलकाताको शानदार जित

काठमाडौं - इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ७ विकेटको शानदार जित निकालेको छ। 

बैंग्लुरुले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य कोलकाताले मात्र ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पछ्यायो । कोलकाताका लागि वेंकटेश ऐयरले ३० बलमा सर्वाधिक ५० रनको योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए ।

ओपनरद्वय फिल साल्ट र सुनिल नरेनले कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । साल्टले २० बलमा ३० रन बनाए भने सुनिलले मात्र २२ बलमा ४७ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान श्रेयर ऐयरले नटआउट रहँदै ३९ रन तथा रिंकु सिंहले ५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बैंग्लुरुका लागि यश दयाल, मंयक डगर र विजयकुमारले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले विराट कोहलीको शानदार ८३ रनको इनिङ्सको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । कोहलीले मात्र ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै, क्यामरुन ग्रिनले ३३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । दिनेश कार्तिकले रनआउट हुनअघि २० रन बनाए । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले २–२ विकेट तथा सुनिल नरेनले १ विकेट लिए ।

दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बैंग्लुरु छैटौँ स्थानमा सीमित बनेको छ ।

प्रतिकृया दिनुहोस्