×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

बाजुराका सुप्रिम द भ्वाईस किड्स नेपालको फाइनलमा प्रवेश

बाजुराका सुप्रिम द भ्वाईस किड्स नेपालको फाइनलमा प्रवेश

काठमाडौं - बाजुराका  सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा फाइनलमा प्रवेश गरेका छन् । ९ वर्षीय सुप्रिम बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ को सेमिफाइनलमा दमदार प्रस्तुति दिदै फाइनलमा पुगेका हुन् ।

शनिबार राजु लामाको टिमबाट उत्कृष्ट ८ मा प्रवेश गरेका छन् । द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए ।

उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत प्रतिभा देखाउदै दर्शकको मन जित्न सफल भएका छन् । उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता र उनको प्रतिभाको निकै चर्चा पाएको छ ।
‘द भ्वाइस किड्स नेपाल’ को फाइनल आउदो शनिबार हुनेछ । उनलाई भोटिङ गर्न खल्ती एप खोल्नुहोस,भोटिङमा क्लिक गर्नुहोस त्यसपछी VOTE NOW मा क्लिक गर्नुहोस, कोच राजुमा थिच्नुहोस र त्यसपछी आउने ६ ओटा फोटो मध्य अन्तिम फोटो सुप्रीम मल्ल ठकुरीमा क्लिक गरेर आफुले चाहेजती भोट गर्न सकिन्छ । सुप्रीम मल्ललाई आजबाट आउदो शनिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ ।

दर्शकको आशीर्वादले यहाँसम्म आफू पुग्न सफल भएको र फाईनलसम्म साथ सहयोग गरिदिन अनुरोध गरेका छन् । अझै आफ्नो प्रतिभा देखाउने प्रयास गर्ने मल्लले प्रतिक्रिया दिए ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनमा सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुने गर्छ । भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानलबाट पनि प्रसारण हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्