×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

११ महिनामा १५ खर्ब ७७ अर्ब रुपैयाँको व्यापार घाटा

११ महिनामा १५ खर्ब ७७ अर्ब रुपैयाँको व्यापार घाटा

काठमाडौं-  चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको गएको साउनदेखि जेठसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा ११ महिनामा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । यो गएको वर्षको तुलनामा २५ प्रतिशतले धेरै हो ।

११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । आयात २७ दशमलव ५ प्रतिशतले र निर्यात ५३ दशमलव ३ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ४७ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्