रमल्लाह- प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा अब्बासले निकट पूर्वी मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुनस् खोल्न आग्रह गरेको बताइएको छ।
अब्बासले पीएलओ पूर्ण शान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ।
अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालयहरू पुनस् खोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ ‘शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्यहरू रोक्न प्रतिबद्ध छ’, भनेका छन् ।
वाफाका अनुसार, कूटनीतिज्ञ लीफले संयुक्त राज्य अमेरिका दुई(राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन ‘अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो’, भनेको उल्लेख गरिएको छ ।
अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनीहरू र यस क्षेत्रका सबै मानिसहरूलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।