×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि

काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि

काठमाडौं- काठमाडौं महानगरपालिका- ८ को मतगणना सुरू भएको छ। पहिलो चरणको १०० मत गन्दा नेकपा एमालेबाट मेयर पदका उमेद्वार केशव स्थापितलाई १ भोट मात्रै प्राप्त भएको छ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन्। प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन्। उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन्। शाहको २२ भोट आएको छ।

काठमाडौं-८ पशुपति क्षेत्रमा पर्छ। यो वडा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। समग्र मतपरिणाममा भने बालेन अन्य उम्मेदवारहरूभन्दा धेरै अगाडि छन्।

यस्तो छ अपडेट

अहिलेसम्म गणना: ५८,८५०
खसेको मत: १,९१,१८६

मेयर

बालेन्द्र साह (स्वतन्त्र) : २२,८४२
केशव स्थापित (एमाले) : ११,७६९
सिर्जना सिंह (कांग्रेस) : १०,९८६

प्रतिकृया दिनुहोस्