×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वली प्रकरणको जाँचबुझका लागि कार्यदल गठन

वली प्रकरणको जाँचबुझका लागि कार्यदल गठन

काठमाडौँ- स्वास्थ्य, जनसङ्ख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

वलीले घरभित्रै पसेर महिला र बालबालिकामाथि कुटपिट गरेको आरोप छ । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेका सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृती प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृतीका लागि पेशका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस्