काठमाडाैँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामै राख्ने जिल्ला अदालत राैतहट र उच्च अदालत जनकपुरकाे आदेश सर्वाेच्च अदालतले सदर गरेकाे छ ।
आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वाेच्चमा निवेदन गरेका आलमलाई नछाड्न सर्वाेच्चले शुक्रवार आदेश दिएको हो ।
सर्वाेच्च अदालतले जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको आदेश सदर गरेको हो । सर्वाेच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्ताे आदेश गरेकाे हाे ।
२०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको उनीमाथि आरोप छ।