×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी

महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी

नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो । नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इञ्चार्ज बनाइएको छ ।

प्रतिकृया दिनुहोस्