×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मूल्य वृद्धि र ठेकदारको बेवास्ताका कारण मल ल्याउन सकिएन : मन्त्री यादव

मूल्य वृद्धि र ठेकदारको बेवास्ताका कारण मल ल्याउन सकिएन : मन्त्री यादव

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए ।

भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए । अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको बताए ।

प्रतिकृया दिनुहोस्