काठमाडौं - आर्थिक वर्ष २०७८/०७९ मा कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा तीव्र उथलपुथल आएको छ ।
नेप्से ९७ दशमलव २१ बिन्दुले बढेर २ हजार ९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको छ ।
बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनी मात्र गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्य भने घटबढ भएन ।
पछिल्लो केही समययता बढ्न नसकेको बजार आइतवार एक्कासि उकासिएको हो ।
यसक्रममा ११ अर्ब ६३ करोडको कारोबार भएको छ । पछिल्लो एक सातायता कारोबार रकम ४/५ अर्बमा खुम्चिएको थियो ।