काठमाडौं- सोमबार फेरि भूकम्प गएको छ । दिउँसो १ बजेर ४६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । आइतबार बिहान समेत गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।