×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललिता निवास प्रकरण : मिनबहादुर सहित १७ जनालाई धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरण : मिनबहादुर सहित १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं -  ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ भने एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

अदालतले शिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग१५ लाख, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।

यस्तै, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १०, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार र लोकरि घिमिरेसँग ७ लाख ५० हजार धरौटी माग गरिएको छ । केशव तुलाधर भने साधारण तारेखमा रिहा भएका छन् ।

प्रतिकृया दिनुहोस्