×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोक्न सम्भव : प्रचण्ड

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुन सकेमात्रै भ्रष्टाचार रोक्न सम्भव : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा मात्रै भ्रष्टाचार रोक्न सम्भव हुने बताएका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकूल नरहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि निर्वाचन र शासकीय प्रणाली परिवर्तन गर्न सडकमा जाने अभिव्यक्ति दिएका दाहालले कैलालीको धनगढी विमानस्थलमा मंगलबार सञ्चारकर्मीमाझ भ्रष्टाचार रोक्नका लागि शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा मुलुकमा स्थायित्व र विकास हुने दाहालको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्