×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरानका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी हुँदै प्रचण्ड

धरानका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी हुँदै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएपछि अध्यक्ष प्रचण्ड साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुन लागेका हुन् ।

सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने धरानका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए । यसअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा भोजपुरका संघीय सांसद सुदन किराँती पनि मेयर साम्पाङको वृक्षरोपन अभियानमा परेका थिए ।

प्रतिकृया दिनुहोस्