काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाकाे मेयरमा बालेन्द्र (बालेन) साह निर्वाचित हुने पक्का भएकाे छ । अब यहाँ १९ हजार मत गन्न बाँकी छ । जबकि बालेन दाेस्राे स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार मतले अगाडि छन् । बालेनले अहिलेसम्म ५५ हजार ७ सय ४७ मत पाएका छन् भने सिर्जनाले ३५ हजार ३ सय ७१ मत प्राप्त गरेकी छन् । याे भनेकाे २० हजार ३ सय ७६ काे मतान्तर हाे ।