×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना संक्रमणदर घट्यो

कोरोना संक्रमणदर घट्यो

काठमाडौँ- एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् ।

नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्