×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचनका बेला सीमानाका ४ दिन बन्द हुने

निर्वाचनका बेला सीमानाका ४ दिन बन्द हुने

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन भयरहित गराउन ४ दिनसम्म रौतहटको सम्पूर्ण नाका बन्द हुने जानकारी दिएको छ।

मंसिर १ गते १२ बजेदेखि मंसिर ४ गते रातीसम्म  गौर, बनजरहा, औरैया, राजपुर, नरकटिया, बंकुल, बेलबिछवालगायत सम्पूर्ण नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्