×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

आफ्नो हारका बाबजुत धामी उत्तराखण्डको मुख्यमन्त्रीमा दोहोरिदै

आफ्नो  हारका बाबजुत धामी उत्तराखण्डको मुख्यमन्त्रीमा दोहोरिदै

काठमाडौं - भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा पुष्कर सिंह धामी नै दोहोरिने भएका छन्।
भारतीय जनता पार्टीको देहरादुनमा सोमबार बसेको बैठकले कामचलाउ मुख्यमन्त्री धामीलाई विधानसभा दलको नेता चुनेको हो। यससँगै नेपालसँग सीमा जोडिएको राज्य उत्तराखण्डको मुख्यमन्त्रीमा धामी दोहोरिने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हालै सम्पन्न विधानसभा निर्वाचनमा उनी आफ्नो निर्वाचन क्षेत्र खटिमाबाट कंग्रेस आई प्रदेश अध्यक्ष भुवन कापडीसँग पराजित भएका थिए। तर मुख्यमन्त्री भएको ६ महिनामै राज्यमा अलग छाप छोडेको भन्दै पार्टीको शीर्ष नेतृत्व धामीलाई नै जिम्मेवारी दिने निष्कर्षमा पुगेको हो। उनका लागि सीट छोड्न धेरै विधायक तयार भएका छन्।  

पार्टीको केन्द्रीय परीवेक्षकका रुपमा उत्तराखण्ड पुगेका रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो ६ महिनामा धामीले मुख्यमन्त्री भएर पार्टीको पक्षमा शानदार काम गरेको भन्दै पुन: मुख्यमन्त्री बनेर अब राज्यको बहुआयामिक विकास गर्ने बताए।

धामीको नेतृत्वमा भाजपाले हालै सम्पन्न कुल ७० सीटको विधानसभा निर्वाचनमा ४७ सीट अर्थात बहुमत हासिल गरेको थियो।  

प्रतिकृया दिनुहोस्