×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपाले तोक्यो चार विभागका प्रमुख

राप्रपाले तोक्यो चार विभागका प्रमुख

काठमाडौँ-  राप्रपाले चार विभागका प्रमुख तोकेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार स्थानीय तह परिचालन, महिला, शिक्षा र सामाजिक विभाग प्रमुख तोकेका हुन्।

उपाध्यक्ष रोशन कार्कीलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाइएको छ। महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र केन्द्रीय सदस्य रोजेश गिरीलाई शिक्षा विभाग प्रमुख बनाइएको छ।

ज्वाला संग्रौलालाई सामाजिक विभाग प्रमुखको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ। यसैबीच निरन्जन थापाको संयोजकत्वमा रहेको विवाद समाधान तथा छानबिन समितिलाई पूर्णता दिइएको छ।

धुलिखेलमा हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिले यो समिति बनाएको थियो। उक्त समितिमा महामन्त्री प्रल्हादप्रसाद शाह सदस्य सचिव र ऋषिबाबु परियार, सरस्वती केसी अधिकारी र राजु बस्नेत सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्