×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले काम अन्तिम चरणमा पुगेको बताउँदै एक साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

‘उत्तरपुस्तिका परीक्षणको काम सकेर इन्ट्री र रुजु गर्ने काम भइरहेको छ,’ परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, ‘सात,आठ दिनमा नतिजा सार्वजनिक गर्छौं ।’ गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्