×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३ दिन भित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

३ दिन भित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

 

काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर ३ दिनभित्र उठाउन भनेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध  सर्वोच्चमा रिद दर्ता गरेका थिए।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएसँगै केही दिनदेखि दुर्गन्ध बढेको छ।

 

प्रतिकृया दिनुहोस्