×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोदावरी, विष्णुमती, मनोहरालगायत खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

गोदावरी, विष्णुमती, मनोहरालगायत खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं- काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।

ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ । आज पनि देशभरको मौसम बदली रहने अनुमान छ ।

आज दिउँसो वाग्मती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु बाँकी प्रदेश-१, मधेस प्रदेश र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्