×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कालिकोटमा २१ कृषक पुरस्कृत

कालिकोटमा २१ कृषक पुरस्कृत

मान्म- कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत हुनुभएको छ । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उहाँहरुलाई पुरस्कृत गरेको हो ।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ । फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिनुभयो ।

कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताउनुुभयो । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले उहाँहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो । रासस

प्रतिकृया दिनुहोस्