काठमाडौँ- देशको पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले अधिकांश क्षेत्रमा बदली भइरहेको भने भने पश्चिम र पूर्वी तराईमा हुस्सु लागेको छ ।
मौसम बदली भइरहेकाले देशभर चिसो अझै बढेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
आज
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
राति : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।