×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फ्रान्सको यात्रा टुङ्ग्याउँदै 'साम्बा'को नयाँ उडान, अब न्युजिल्याण्डको वेलिंगटन फिनिक्सबाट खेल्ने

फ्रान्सको यात्रा टुङ्ग्याउँदै 'साम्बा'को नयाँ उडान, अब न्युजिल्याण्डको वेलिंगटन फिनिक्सबाट खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो व्यावसायिक फुटबल यात्रामा नयाँ गन्तव्य तय गरेकी छिन्। फ्रान्सको एन अभान्ट गुइनगाम्पसँगको दुई सिजन लामो सहकार्य अन्त्य गर्दै उनी न्युजिल्याण्डको प्रतिष्ठित क्लब वेलिंगटन फिनिक्समा आबद्ध भएकी हुन्।

गुइनगाम्पसँगको सम्झौता सकिएपछि उनले क्लब छाडेकी थिइन्। अब २०२५-२६ सिजनका लागि उनले अष्ट्रेलियाको शीर्ष डिभिजनको 'ए-लिग' खेल्ने वेलिंगटन फिनिक्ससँग औपचारिक अनुबन्धन गरेकी छिन्। यो सँगै उनको युरोपेली यात्रा टुङ्गिएर ओसिनिया क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

प्रतिकृया दिनुहोस्