×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

सोलमारीमा भेटिएकी बाग्लुङकी नानी - भाग १ (प्रेम कथा)

सोलमारीमा भेटिएकी बाग्लुङकी नानी - भाग १ (प्रेम कथा)

जापानको राजधानी टोकियो त्यहि टोकियो भित्रको ओकुबु क्षेत्र जहाँ नेपालीहरुको प्रशस्त आवाज जावात भईरहन्छ, अझ भनौँ त्यहाँ पुगेपछि नेपालको झल्को मेटिन्छ त्यहि क्षेत्रको एक चर्चामा रहेको रेष्टुरेन्ट जहाँ नेपाली संघ संस्थाहरुको कार्यक्रम भईरहन्छ सोलमारी मुरा हल । उक्त हलमा बसेर बेला बेला नेपालीहरुले देश सम्झन्छन् जहाँ कहिले लोक संगित र वाजाका तालमा रमाईलो गरिन्छ त कहिले देशका शासकहरु प्रतिको आक्रोश व्यक्त गरिन्छ, कहिले देश बनाउने योजना बनाईन्छ । जहाँ देशभन्दा टाढा भएपनि देशको आभाष  आउँछ । 

म पनि बेला बेला कार्यक्रमहरुमा गईरहन्छु, त्यस दिन पनि कार्यक्रमकै लागी हलतिर निस्किएको थिएँ ।  अनेसास जापान च्याप्टरले गरेको “रचना वाचन कार्यक्रम”—जापानमा हुने सयौँ कार्यक्रम मध्ये एउटा । कfर्यक्रमहरु फरक फरक का हुन्थे कहिले अरुको कुरा सुनेर फर्किने, कहिले आफ्ना कुरा सुनाउने, सोही दिन मेरो रचना सुनाउने दिन । मैले जे लेखेको थिएँ स्टेजमा गएर सुनाएँ । 

कार्यक्रम सकिँदै थियो । मानिसहरू उठेर फोटो खिच्न, कुरा गर्न व्यस्त । म एक कुर्चिमा बसेर झोला मिलाउँदै थिएँ त्यही क्रममा एक महिला मेरो मेरो नजिकै आएर रोकिइन् ।

उनले ‘अलिकति’ हाँस्दै हात जोडेर भनिन् “नमस्कार तपाईं पत्रकार बिश्बबन्धु हो... है ?” त्यो एक शब्दले एकैपटक चिनजानको ढोका खोलिदियो । म पनि हल्का मुस्कुराएँ । “हो, यस्ता नेपाली कार्यक्रमहरूमा कहिलेकाहीँ आउँछु ।” म पनि तपाईले फेसबुकमा राखेको देखेर यहाँ कार्यक्रममा आएकी, उ अलि खुलेर बोल्न थाली,

हलबाट मानिसहरू बाहिर निस्कँदै थिए ।  म पनि ब्याग उठाएर निस्कने तयारी गरिरहेको थिएँ । उनले सोधिन “तपाईं कहाँ बस्नु हुन्छ ?”
“यता नाकानो स्टेशन नजिकै ।”
“ए... म पनि त्यही लाइनमा ।”
उनले हौसिएर भनिन्—“भनेपछि त फेरि भेटिनपनि सक्छ त ?”
मैले मुस्कुराउँदै भनेँ— “किन नहुने ?”

त्यसपछि उनले आफ्नो मोबाइल निकालिन । मैले तपाईलाई धेरै पहिले फेसबुकमा Frend Request  गरेको थिएँ तपाईले Accept नै गर्नुभएन ? उनि अलि निराश मिश्रीत आवाजमा बोलिन्,”

मैले हाँस्दै फेसबुक खोलेँ— ए हो र ? अंग्रेजीमा लेखिएकाे Baglunge Nani, आएको रहेछ, उनको Profile Luck  थियो त्यसैलेFrend Request Accept नगरेको रहेछु,उनको आग्रह आएपछि फेसबुकको साथी बनेर जोडिएँ । भेट त्यत्तिमै सकियो र त्यहाँवाट निस्किएँ । 

रातको १०ः४१ बजेको थियो ।
अचानक - Masenger Notification आयो । 
Baglunge Nani “साँच्चै राम्रो वाचन गर्नुभयो । तपाईंको शब्दले हृदय छोयो ।“
एकैछिनमा उसले फोटो र भिडियो पठाई । 

मैले उत्तर दिएँ— “धन्यवाद नानी । तपाईंले सुन्नु भएकोमा खुशी लाग्यो ।“ त्यसपछि संवाद विस्तार हुँदै गयो ।

"अचेल सिन्दुर पनि गुनासो गर्छ शिरमा बसेर
धेरैको खुशी आएकै छैन तकदिरमा बसेर
जताततै भाडभैलो यो स्वार्थी दुनियाँ देखेर 
यस्तो लाग्दैछ भगवान पनि दुखि छन् मन्दिरमा बसेर" 

उसले मैले दिउसो बाचन गरेको मुक्तकका अंशहरु टाइप गरेरै पठाई र भनि 
तपाईले लेख्नुभएको यो त मेरो आफनै कहानी हो नि, मेरो सिउँदो को सिन्दुर पनि गुनासो गरिरहेछ, 

उसले यस्तो सन्देश पठाएपछि म झसगँ भए, मैले बुझे उ पारिवारिक पिडामा छ, त्यसदिन म केहि बोलिन ।

अर्को दिन फेरि म्यासेज आयो – “दाई सन्चै हुनुहुन्छ, मैले हजुरलाई दाई भनेर सम्बोधन गरे हैँ नजिकको लागेर, रिसाउनु त हुनहुन्न नी ?“ 

“नाई ठिक छ म सन्चै छु मैले पनि जवाफ फर्काएँ,

मेरो जवाफ हेरेपछि निकै लामो ‘typing...’। देखियो
अन्ततः सन्देश आयो - “परदेशमा कोही आफूसँग बोलिदिए मात्रै पनि ठूलो सहारा हुन्छ नि, थाहा छ ?” उनको यो वाक्य पढ्नेबित्तिकै मेरो मन थोरै भारी भयो । यो सामान्य सन्देश थिएन भित्रै–भित्रै चिच्याइरहेको आत्माको सुस्केरा थियो ।  

विस्तारै उसको शब्दहरू अलि–अलि रोदन लिएर आउन थाले । उसले एक दिन भनि  “म बिबाहित हुँ... तर मेरो जीवन बिबाह भएजस्तो छैन ।” त्यसपछि सुरु भयो उसको हिंसा, पीडा, एक्लोपन र टुटिसकेका सपनाहरूको कथा ।

पहिले “Hello Dai ” भनेर सुरु हुने च्याटहरू विस्तारै “के गर्दै हुनुहन्छ?” हुँदै “आज त मन अलि भारी छ...” मा बदलिँदै गए ।

एक साँझ उसले लेखी - “दाइ... हजुरसगँ बोल्न मन छ । “आज अलि कुरा गर्न पाइन्छ ? 
त्यो नै पहिलो अडियो कल थियो । उसको आवाज अलि आत्तिएको, भक्कानिएको जस्तो थियो, मैले फोन उठाएपछि उसले भनि ”साच्चैँ मेरो मन भक्कानिएको छ ।” मेरा कुरा सुन्नुहुन्छ ?” 

मैले बुझेँ उ अलि तनावमा छ, मसगँ केहि कुरा गरेर मन हलुका बनाउन चाहान्छे,, अँ भनन् मैले भनेँ, 
”आज तपाईँलाई म सबै कुरा भन्न सक्दिन होला... तर समयक्रममै भन्छु ।”
मैले सोधेँ— “के कुरा ?” उनले बिस्तारै भनिन्

“जापानमा महिला भएर बाँच्नु—कसैका लागी कम्बल ओढेर सुते जस्तै होला तर कसैका लागी त चिसो पानीमा नाङगै डुबेको जस्तै हुन्छ ।” अझ घरमा एक हरिलठ्ठक श्रीमान भयो भने त घर नर्कै हुदो रहेछ ।  उसको कुराले निकै भावुक बनायो । त्यसपछि सुरु भयो उसको कहरको पहाड बिस्तारै खुल्दै जाने यात्रा । घरि खुशी हुदै बोल्ने, घरी बीच–बीचमा मौन भएर रोइदिने,

घरि एकै शब्दमा ‘ त्यो साले आउँछ अब झन् मार्छ म फोन राखिदिउँ ँ?’ पनि भन्ने, अनि फेरि ‘दाइ, सुन्दै हुनुहुन्छ ?’ भनेर पनि सोध्ने । अलि अत्तालिए जस्तै । 

तिमी किन अत्तालिएकी, खुशी त छौँ मैले सोधेँ,

दाई मेरो आवाज अलि भक्कानिएको जस्तै भयो होला तर हजुरसगँ कुरा गरेर त निकै खुशी छु, मेरो बाबा आमा बित्नुभएको ६ बर्ष भयो त्यसपछि आजसम्म कसैले ‘तिमी खुसी छौ?’ भनेर सोधेनन् तर तपाई सोध्दै हुनुहुन्छ यस्तो लाग्दैछ आखिर मेरा पिडा बुझिदिने कोहि त छ, म तपाईंमा बाँधिएँ ।”
त्यसदिन उसले आफ्ना दर्दनाक कथाहरू सुनाई, म एकटकले सुनिरहेँ, जिन्दगीमा पहिलोपटक कुनै एउटा महिला जसले आफ्ना घरका कहानी सुनाईरहेकी थिई मेरो लागी यो पहिलो अनुभवनै थियो, उ निदाउन नसक्ने रातहरू बताउँदा, थकाई लाग्दा, बिरामी पर्दा आराम पनि गर्न नदिने श्रीमानको कठोरता सुनाउँदा— म भित्र–भित्रै भत्किदै गएँ । मानिस् कसरी यस्तो पीडा लुकाएर पनि मुस्कुराउन सक्छ ?

माथी उल्लेखित कथाहरू काल्पनिक हुन कसैकाे जीवनसगँ मिल्न गएमा संयाेग मात्र हुनेछ । 

थप कथाहरू अर्काे भागमा 
 

प्रतिकृया दिनुहोस्