×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महाभारत राजनिति र रबी 

महाभारत राजनिति र रबी 

अर्जुन सुबेदी - पाण्डब हरुको गुप्तबास सकिने बेलामा उनी हरु लुकेर बसेको मत्स्य देशमा कौरब हरुले गाई लुटेर युद्दको धाबा बोले।।१ राजा बिराट र सेना सबै अर्कै युद्दमा गयको मौका पारी कौरब हरुले यो हमला गरेका थिए । दरबार मा यो खबर आयपछी राजकुमार उतरकुमार लाई निकै रिस उठ्यो। राजा को छोरो पूल्पुलियर हुर्केको हुनाले कांचो दम्भ प्रस्टै थियो युबराजमा, कोही सारथी पाय एक्लै गयर युद्द गरेर कौरब सेना लाई हराईदिने भनेर दरबार मा भयका महिला र नाबालक हरु बिचमा बडो बहादुरी साथ निकै बालहठ देखाऊन थाले।

उन लाई भिष्म, द्रोण कर्ण बिर सहित को दुनिया जित्न सक्ने कौरब सेनाको तागतको बारेमा केही हेक्का र ज्ञान थियन। दरबारमा सबै महिला र बालबच्चा मात्रै भयको हुनाले उनलाई सम्झाऊन सक्ने कोही थियनन। आफ्नो एक बर्षे गुप्तबास पुरा गर्न नारी भेषमा दरबारमा नाच सिकाईरहेका अर्जुनले यो कुरा नियालीरहेका थिय। गुप्त बास सकियको सहि समयमा कौरब संग बदला लिने मौका छोपेर त्यो बालहठी राजकुमारलाई आफुले रथ हाकेर सहयोग गर्ने भनेर आग्रह गरे। शुरूमा उतरकुमार ले सामान्य नपुंसक नारी भनेर इन्कार गरेपनि धेरैले सम्झायपछि सहमति मा आयर छद्मभेषि अर्जुन लाई सारथी बनायर कौरब सेना संग युद्द गर्न  निस्के। तर उनलाई पाण्डु पूत्र बिर अर्जुन आप्नो सारथी हुन भन्ने कुनै कल्पना पनि थियन। बिचरो १७र१८ बर्षको कांचो बालक राजा को छोरो त्यत्रो झकिझकाऊ कौरब को सेना देखेर असिना पशीना भयो।

अर्जुन ले रथ जब नजिक नजिक पूर्याऊन थाले उ त्यति नै गल्दै गयो। उसले अर्जुन लाई रथ फर्कायर भाग्न अनुनय बिनय गर्यो तर अर्जुनले मानेनन। उ रथ नै छोडेर भाग्न आंटेपछी अर्जुनले एकान्तमा लगेर आफ्नो सबै बास्तबिता खोलेर परिचय दिय। केटो बल्ल ढुक्क भयो । त्यस पछी तिनै राजकुमारलाई सारथी बनायर पराक्रमी अर्जुनले कौरब हरुको सेना लाई तितर बितर पारेर भगाय। र लुटियका सबै गाई हरु फिर्ता ल्याईदिय। 

नेपाली राजनितिमा यी रबी पनि त्यै उत्तर कुमार जस्तै हठी पात्र हुन।  कौरब अबतार धारण गरेर देशमा अन्याय र असत्यको राज्य चलाईरहेका र बारम्बार आलोपालो दुर्योधन बन्ने होडबाजीमा रहिरहेका देऊबा, प्रचण्ड र ओली सहित का सयौं भाई कपटी नेपाली राजनितिका कौरब हरुको अगाडी यी रबीको पनि केही चल्ने वाला छैन। असत्य हो भन्ने जान्दा जान्दै दुर्योधन संग मित्रता को हात फैलाउने महाभारतका बिर कर्ण ब्यक्तिगत रुपमा ठिक थिय तर कर्ण साथ पायपछी दुर्योधन जति मातियको थियो ।

हस्तिनापुर राज्य र समग्र कुरू बंश जसरि नाश भयको थियो ठ्याक्कै उस्तै यी रबी को साथ पायपछि दुर्योधनको भेष धारण गरेका नेपाल का ठुला पाटिका बुडा नेता हरु देश लाई स्वाहा पार्न अझै बलियो भयका छन।मौका मा चौका हानेर त्यति ठुलो पदमा पुगेपनि कसरि हात खुट्टा बाधेर रबीलाई काम मा लगाऊनु पर्छ नेपालका कौरब हरुलाई राम्रो संग थाहा छ। हिजो टिभी मा कराऊदा बालुवाटार को जग्गा को स्टिल अपरेशन गरेर भस्टाचारी बिस्नेलाई तह लगाऊछु भनेर हिरो भय ।

आज ओली ले तिनै  बिस्ने पौडेल संग संगै हलमा एऊटै बरियतामा  नारिदियका छन। र रबी नारीन खुसी साथ तयार छन ।बुडा र बा को पुस्ता ले देश चल्दैन यिनि हरुलाई हटाऊनु पर्छ भनेर बडो भाका मिलायर टिभी मा उफ्रे । आज तिनैका टांगमूनी पसेर आफ्नो दुनो सोझायका छन।एक दिन पहिला एऊटै प्यानलबाट संगै संसदमा प्रचण्डलाई भोट दिन बहाल वाला गृहमन्त्री संगै बसेको अपराधि लाई  बल्ल भोलिपल्ट पक्राऊ गर्न आदेश दिन्छन यिनै रबी।मधेश का साना दल जो च्याखे थापी थापी पटक मन्त्री हुदा टिभि मा रबीले कुर्लदै बोलेका रास्टबादी कुरा हरु अनि, अनि  चित्र बहादुर केसी संसदमा पाटिको २ सिट सहित सरकारमा उपप्रधानमन्त्री बन्दा जनमत को अपहेलना भयो सरकारमा जान बहुमत ल्याऊनु पर्छ भन्दै टिभी मा केसी बा को खिसिटिऊरी गर्ने उही रबी आज जम्मा २१ सिट जनमत ल्यायर २८० सिट को राजा गृहमन्त्री बनेर देश चलाऊन सुहाऊछरु कति हतार छ यिनलाई ११

नाक का डाढी भाच्ने कुरा को त यंहा प्रसंगै नजोडौं होला। भांच्न सकेछन भने राम्रो देश मा लाखौ नागरिक ले ज्यानको बाजी लगायर जंगल सडक र सदनमा परिबर्तन र गणतन्त्र को घण्टी बजाईरहेको ॰६२०६३ सालको समयमा २८र३० बर्षको शिक्षित युबा डलर र सुरा सुन्दरीको मोहमा देशको नागरिकता र रास्टियता समेत परित्याग गरेर अमेरिकामा डलर गन्ने डलरबादी रबी आज कसरि रास्टबादि बन्न सक्छन रुअझ देश मा बस्न सुरक्षा खतरा भयको भन्दै शरणार्थी निबेदन दियको कांई कुई हल्ला पनि सुनियको छ। भाचियको हात एकपटक निको भयपनि बारम्बार दुखाई बल्झिरहेको हुन्छ यी रबीको अहिलेको खोक्रो रास्टियता पनि त्यस्तै हो। 
मन्त्री भयको महिना नबित्दै ठाडो आदेशमा आफ्नो फाऊण्डेशनमा राज्यको ४ करोड रूपैया कुम्लो पारेका यिनले पूरा कार्यकाल ५ बर्स बिताय भनें कति कूम्लो पार्छन अथवा पार्दैनन हेर्न बांकी नै छ। गणतन्त्र राजतन्त्र  र राज्य संरचनामा आफ्नो स्पस्ट अडान बिना नै दलहरुले पकायको मिक्स खिचडीको स्वाद मा मूख मिठाऊन रबीले हतार गरेकै हुन। 
साच्चिकै महाभारतको उत्तरकुमार जस्तै पात्र भय पनि यि रबी लाई बचाऊन न अर्जुन नै आउनेछन न यिनले जनता को आखामा हालेको छारो रहिरहने छ । त्यसैले यीनि महा अबसरबादि रबी को राजनैतिक यात्रामा छिट्टै पूर्ण बिराम लाग्ने र पतन हुने कुरा निस्चित छ।

बाग्लुग हाल जापान

प्रतिकृया दिनुहोस्