×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रुसले लगायो बाइडनमाथि प्रतिबन्ध

रुसले लगायो बाइडनमाथि प्रतिबन्ध

काठमाडाैँ- रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बर्न्सविरुद्ध पनि रुसले प्रतिबन्धहरू लगाएको छ । 

आफ्ना प्रतिबन्धबाट अरू पनि प्रभावित हुने रुसी विदेश मन्त्रालयले जनाएको छ । युरोपेली सङ्घ र ब्रिटेनले रुसविरुद्ध थप प्रतिबन्धहरू सार्वजनिक गरेकै दिन रुसी प्रतिबन्धबारे खबर बाहिर आएको हो । ब्रिटेनले रुसका थप ३७० जना व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको छ । त्यसबाट उनीहरूको सम्पत्ति रोक्का हुने र यात्रामा प्रतिबन्ध लाग्नेछ ।

ब्रिटिश सूचीमा पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्‌का अध्यक्ष दिमित्रि मेदभेदेभ, पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभ, रुसी रक्षामन्त्री सर्गेइ सोइगु र रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालगायत छन् । यसअघि ब्रिटेनले व्यापार प्रतिबन्धहरू लगाएको थियो जसमा भोड्कामा थप ३५ प्रतिशत कर लगाइएको थियो ।

ईयूका प्रतिबन्धहरूमा महँगा गाडी, गहना लगायतका बिलासी वस्तुहरूको निर्यात परेका छन् । उसले रुसको उर्जा क्षेत्रमा हुने नयाँ लगानीमाथि पनि प्रतिबन्ध लगाउने भएको छ । -बीबीसी

प्रतिकृया दिनुहोस्