×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु हुन्’

‘जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु हुन्’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको अभिव्यक्ति दिएका छन् । बुधबार (आज) काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरु लुटेराहरु भएको अभिव्यक्ति दिएका हुन् । ‘ज–जसले जनमत संग्रह गर्नु हुँदैन भन्छन्, तिनीहरु लुटेराहरु हुन्,’ विप्लवले भनेका छन् ।

यस्तै विप्लवले संसदीय व्यवस्थाको कुनै औचित्य नभएको जिकिर गरेका छन् । नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको भन्दै विप्लवले अहिले देशको निर्णय नागरिकले आफैंले लिनुपर्ने बताए । ‘पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य हो,’ विप्लवले भनेका छन् ।

आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै विप्प्लवले समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमै रहने बताए । विप्लव समूहले पहिल्यैदेखि जनतालाई आफ्नो शासन व्यवस्था आफैंलाई चुन्न दिनुपर्ने बताउँदै ‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद’ बारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्