×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोली देखिका सबै परीक्षा स्थगित,एसईई परीक्षाबारे निर्णय पछि

भोली देखिका सबै परीक्षा स्थगित,एसईई परीक्षाबारे निर्णय पछि

 काठमाडौं - कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो ।
सोमबार(भोली)देखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे निर्णय पछि लिइनेछ ।’​
यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिक रुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।  त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।


तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो ।

शनिबार बालुवाटारमा प्रधानमन्त्रीसमक्ष भएको ब्रिफिङमा विद्यार्थीहरु सडकमा हिँडिरहेको देखिएको भन्दै चासो व्यक्त भएसँगै परीक्षा रोक्न सिफारिस गरिएको सिसिएमसी निर्देशक समितिका एक सदस्यले बताए ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

 

प्रतिकृया दिनुहोस्