×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ठूला नेतालाई भ्याइ नभ्याइ : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाँदै

ठूला नेतालाई भ्याइ नभ्याइ : देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाँदै

काठमाडौँ- चुनाव प्रचार–प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ। चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार–प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देउवा हिजै धनगढी पगेका हुन्।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा आज डडेल्धुरा आएर बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवाले आजै बैतडीको सुलेखानमा हुने चुनावी सभामा पनि सहभागी हुनेछन्।

त्यस्तै प्रधानमन्त्री देउवा चुनाव प्रचार –प्रसारको अन्तिम दिन भोलि अछाम र कञ्चनपुरमा हुने चुनावीसभामा सहभागी हुने तय भएको छ। चुनाव प्रचार प्रसारको समय सकिएपछि देउवा मतदान गर्नका लागि डडेलधुरामै बस्ने बताइएको छ। यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेको देउवा चार दिन लगातार प्रचारमा खटिएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरीमा हुने दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आज विहान १० बजे सुनसरीको दुहबी बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै एक बजे लौकही बजारमा हुने चुनावीसभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मै केन्द्रित भएको उनको सचिवालयले जनाएको छ। उनी विभिन्न जिल्लामा गठबन्धनले आयोजन गरेको चुनावी सभामा पनि सहभागी भइरहेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा नै व्यस्त छन्। उनी रौतहट १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

प्रतिकृया दिनुहोस्