×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोदीलाई सीमामा ‘साम्राज्यवादी हर्कत’ बन्द गर्न विप्लव नेकपाको चेतावनी

मोदीलाई सीमामा ‘साम्राज्यवादी हर्कत’ बन्द गर्न विप्लव नेकपाको चेतावनी

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृवको नेपाल कम्युनिष्ट पार्टीले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति जनाएको छ ।

संसद्मा रहेका अन्य दलहरू यस विषयमा मौन बसेका बेला विप्लव नेकपाले मोदीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । सोमबार नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले जारी गरेको वक्तव्यमा  नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु सर्मनाक रहेको उल्लेख छ ।

‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यवादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि सर्मनाक विषय हो ।’

नेकपाले भारत सरकारलाई ‘साम्राज्यवादी हर्कत’ तुरुन्त बन्द गर्न चेतावनी दिएको छ । यस्तै नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न माग पनि गरेको छ।

प्रतिकृया दिनुहोस्