काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी ८४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
निर्वाचन प्रयोजनका लागि आयोगले तोकेको दल दर्ताको अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ। रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले भने संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका छन्। दुई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा दल दर्ता गराएका हुन्।
उनीहरूले गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन दिएका छन्। यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि एकै चिह्नमा चुनाव लड्ने गरी साउन ३१ मा दल दर्ता गराएका छन्।
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकै चुनाव चिह्न प्रयोग गर्नेगरी पार्टी दर्ता गराएका छन्।
यस्तो छ सूची