×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानका कार्यवाहक सचिवले राजिनामा दिएपछि पाठकलाई जिम्मेवारी

क्यानका कार्यवाहक सचिवले राजिनामा दिएपछि पाठकलाई जिम्मेवारी

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टि२० लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिएका हुन् ।
केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समते थिए । मंगलबार बोर्ड बैठकमा प्रशान्तले राजीनामा बुझाएका थिए । मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रिय सदस्यमा नियुक्त भएका थिए ।

गतवर्ष सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि उक्त पदको जिम्मेवारी पाएका थिए । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए । क्यानले नेपाल टि२० लिगको कर्मसियल तथा रणनीतिक साझेदारको रुपमा ८ वर्षको लागि ३३ करोड नेपाली रुपैयाँमा बेचेको थियो ।

तर सेभेन थ्री स्पोट्र्सका संस्थापक जति अहलूवालियाबीचमै छाडेर भारत भागेका थिए । मंगलबार सेभेन थ्री स्पोर्ट्सले क्यानसँग सम्झौता तोडेको जनाएको छ । क्यानले खारेज गर्न वार्षिक साधरण सभामा लैजाने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्