×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि कांग्रेसको चुनावी सभा, यस्तो छ साताव्यापी सेड्युल ?

आजदेखि कांग्रेसको चुनावी सभा, यस्तो छ साताव्यापी सेड्युल ?

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी आजदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा तय भएको बताए । आज मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

भोलि चितवनको भरतपुरमा चुनावी सभा आयोजना हुनेछ  । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले सम्बोधन गर्नुहुनेछ । वैशाख २३ गते काठमाडौँमा चुनावी सभाको आयोजना गरिनेछ । उक्त सभामा सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका वक्ताहरूले सम्बोधन गर्ने तय भएको छ ।

वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवलमा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापासहितका वक्ताले सम्बोधन गर्नेछन् भने तनहुँको दमौलीमा हुने चुनावी सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

२४ गते नै धनुषाको जनकपुरधामको चुनावी सभामा सभापति देउवा, नेता पौडेलसँगै सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महेन्द्र यादवसहितका नेताहरूले सम्बोधन गर्नेछन् । वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरामा आयोजना हुने सभालाई सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारलगायतले सम्बोधन तय भएको कांग्रेसले जनाएको छ ।

सोही दिन दिउँसो २ बजे दाङको तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायतले सम्बोधन गर्नेछन् । वैशाख २६ गते कैलालीको धनगढीमा आयोजना हुने कार्यक्रमलाई सभापति देउवा, नेता पौडेल तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले सम्बोधन गर्नेछन् भने वैशाख २७ गते डडेल्धुरामा चुनावी सभाको आयोजना गरिने छ । सभालाई सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरूले सम्बोधन कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्