पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा १३ हजार ८०५ मध्य ४ हजार ५२४ र एन्टिजेन विधिबाट ३ हजार ७३ जनाको परीक्षण गर्दा ७९२ गरी जम्मा ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अवधिमा कोभिड १९ बाट थप १०१ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ७ हजार २१९ रहेको छ ।