×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भत्काइयो नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस

भत्काइयो नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस

काठमाडौं - बतास समूहले बनाएको नारायणहिटी दरबारभित्र बनाएको कफी हाउससहितको संरचना शुक्रबार(आज) दिउँसो भत्काइएको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले उक्त संरचना भत्काएको हो। 

'त्यहाँ बनाइएका कफी हाउससहितका संरचना सबै भत्काइएको छ', पालले भने, 'नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बाहिरबाट मजदुर ल्याएर ती संरचना भत्काएको खुलेको छ। 
दरबार सङ्ग्रहालयभित्र सम्झौता विपरीत संरचना बनाइएको भन्दै आलोचना भएको थियो। सम्पदा परिसरमा आधुनिक क्याफ्टेरिया बनाएको भन्दै आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पनि खाली गर्ने बताएका थिए। 

गत साता कफी हाउससहितका ती संरचना भत्काउन दरबार संग्रहालय समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र पठाएको थियो। 

विवादित क्याफ्टेरिया निर्माण गरेको बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासमेत सल्लाहकार थिइन्। उनी सल्लाहकार भएको खुलेपछि बतासले आफ्नो वेबसाइट नै बन्द गरेको छ। 


 

प्रतिकृया दिनुहोस्